समचार

नेकपा माओवादीले आह्वान गरेको बन्दप्रति सञ्जालको ध्यानाकर्षण

कास्की  कात्तिक २६ 
 
नेकपा माओवादी विप्लवद्धारा महंगीको विरुद्ध र खाद्य सम्प्रभुत्ताको सुनिश्चितता लगायतका विभिन्न माग राखी यहि २०७३ कात्तिक २८ गते आईतबार आह्वान गरिएको नेपाल बन्दप्रति शान्तिका लागि नागरिक समाजको सञ्जाल पोखराको ध्यानाकर्षण भएको जनाएको छ । 
संजालले शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै नेकपा माओवादीले आह्वान गरेको बन्द प्रति ध्यानाकर्षण भएको जनाएको हो । विज्ञप्तीमा महंगीकोे विरुद्ध र खाद्य सम्प्रभुत्ताको सुनिश्चतताको लागि भनेर गरिएको यस किसिमको बन्दले नागरिकका मानव अधिकार सम्बन्धी अन्र्तराष्ट्रिय मुल्य मान्यता र नेपालको संविधानद्धारा प्रदत्त मौलिक हकहरु अन्र्तगत स्वतन्त्रतापूर्वक हिँडडुल गर्न पाउने अधिकार, शिक्षाको अधिकार, स्वास्थ उपचारको अधिकार, स्वतन्त्रतापूर्वक पेशा व्यवसाय सञ्चालन गर्न पाउने लगायतका अधिकार कुण्ठीत हुने हुँदा बन्दको विकल्प खोजी अन्य वैकल्पीक उपायहरुबाट शान्तिपूर्वक आफ्ना जायज मागहरु सरकार समक्ष प्रस्तुत गर्न आग्रह गरिएको उल्लेख गरिएको छ । 
शान्तिका लागि नागरिक समाजको सञ्जाल कास्कीका संयोजक ढाकाराम पौडेल, महिला मानव अधिकार रक्षक सञ्जाल कास्कीका अध्यक्ष जानकी शर्मा, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यलय पोखराका संयोजक शिव प्रसाद खकुरेल, मानव अधिकार रक्षक संरक्षण तथा प्रवद्र्धन केन्द्रका संयोजक सरला कुमारी पाण्डे, मानव अधिकार पत्रकार संघ (हुर्जा) का अध्यक्ष राजेश पराजुली, चिल्ड्रेन नेपालका डिल्ली प्रसाद शर्मा, सिविनका प्रेम सोङ्गमेन, मानव अधिकार संरक्षण मञ्चका अध्यक्ष कमल अर्याल, सयपत्री समाजका गिरधारी सुवेदी, मनोसामाजिक विमर्श केन्द्रका जमुना शर्मा  युवा संजाल नेपालका अध्यक्ष लक्ष्मण शर्मा लगायतको हस्ताक्षर रहेको विज्ञप्तिमा बन्दका समयमा नागरिकको मौलिक हकको उपभोगमा कहिँ कतैबाट अवरोध वा बाधा हुन नदिई नागरिकको सुरक्षा गर्ने दायित्व पूरा गर्न नेपाल सरकार तथा स्थानीय प्रशासनसंग आग्रह गरिएको छ । 
 

सामाजिक संजाल