समचार

ओमकारेश्वर मन्दिरमा प्रवचन हल र आवास भवन निर्माण गरिने

पोखरा,२६ कात्तिक 
 
पोखरा उपमहानगरपालिका १७ रातोपैह्रास्थित ओमकारेश्वर मन्दिर परिसरमा प्रवचन हल र पुजारी आवास भवन निर्माण गरिने भएको छ ।
 
रातोपैह्रा समुदायिक वन समुहको हातामा रहेको खाली ठाउँमा २५ लाखको लागतमा सो भौतिक संरचना निर्माण गरिने भएको हो । उक्त भौतिक संरचनाको समाजसेवी लिलाभक्त आचार्य, मन्दिरका संरक्षक मनुमाया थापा र संचालन कर्मी हरि वास्तोलाले आज आयोजित एक समारोह बिच समुहिक रुपमा शिलान्यास गर्नुभयो ।शिलान्यास समारोहमा उपस्थित दाताहरुबाट आवश्यक भौतिक संरचना निर्माणका लागि तीन लाख भन्दा वढी आर्थिक संकलन भएको निर्माण समितिका अध्यक्ष भगवान पन्तले जानकारी दिनु   भयो । समारोहमा धार्मिक व्यक्तित्व लिलाभक्त आचार्यले पुण्यकार्यमा दान गर्ने मानिस कहिल्यई पनि गरिव नहुने बताउनु भयो ।
 
नागरिक समाज पोखराका संयोजक राम बहादुर  पौडेलले धार्मिक क्षेत्रको संरक्षण,सम्वद्र्ध र विकासमा स्थानीयस्तरबाट महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनु भयो ।जिल्ला प्रशासन कार्यालयका शाखा अधिकृत अनिल शाहीले यस क्षेत्रको विकास गरि धार्मिक  प्रवद्र्धन गर्न सके स्थानीयवासिन्दाको आयआर्जनमा समेत सहयोग पुग्ने बताउनु भयो ।
 
समारोहमा रविन्द्र अधिकारीमार्पm संसद विकास कोषबाट घाटमा जाने बाटो निर्माणका लागि उपलव्ध गराईएको रु.३० हजारको चेक एमाले पोखरा १७ का अध्यक्ष सुभाष ढुङगानाले मन्दिर व्यवस्थापन समितिका अध्यक्ष देब बहादुर बि.क.  एवंम निर्माण समितिका अध्यक्ष भगवान पन्तलाई संयुक्तरुपमा हस्तान्तरण गर्नुभएको थियो ।प्रवचन हल एवं आवास भवन निर्माण समितिका अध्यक्ष भगवान पन्तको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले पोखरा १७ का अध्यक्ष सुभाष ढुङगाना,संचारकर्मी हरि वास्तोला,महिला समन्वयस समिति पोखरा ७ की संयोजक प्रभा पन्त, समाजसेवी तोयनाथ लम्साल लगायतले धार्मिक महत्व माथि प्रकाश पार्नुभएको थियो ।
 
समितिका उपाध्यक्ष पार्वती खड्काले स्वागत तथा सचिव बैकुण्ठ लाल जि.सी. र गणेश श्रेष्ठले संचालन गर्नुभएको कार्यक्रममा कोषाध्यक्ष बिष्णुप्रसाद पौडेलले आर्थिक गतिविधि प्रस्तुत गर्नुभएको थियो । रासस 

सामाजिक संजाल