समचार
गणेशमानसिंह फाउन्डेशनमा गणेशमानको चर्चा
नारायण क्षेत्री
पोखरा २५ कात्र्तिक
नेपाली कांग्रेसका सर्वोच्च नेता गणेशमानसिंहले नेपालको प्रजातान्त्रिक प्राप्तिको लागी अहम भुमिका खेलेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।
गणेशमानसिंह फाउन्डेशन कास्कीले शुक्रबार पोखरामा आयोजना गरेको नेता सिंहको १०१ औं जन्म जयन्तिको अवसरमा “नेपालको प्रजातान्त्रिक आन्दोलनका विरयोद्धा गणेशमानसिंहका योगदानहरु विषयक विचार गोष्ठीमा,, उनिहरुले सो कुरा बताएका हुन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पूर्व उपप्रधान तथा महामन्त्री प्रकाशमानसिंहले गणेशमानका विचारहरुलाई आत्मसाथ गर्दै पार्टी विभाजिन नभई एक ढिक्का भएर जान सकेमा मात्र उहाँप्रति सच्चा सम्मान हुने बताउनुभयो ।
गणेशमानका पुत्र समेत रहेका नेता सिंहले नेपाललाई आर्थिक प्रगतिमा अगाडी बढाउन सक्यो भने देशको विकाश हुने तर त्यसका लागी सबभन्दा पहिले राजनितिक स्थायित्व हुनुपर्नेमा जोड दिदै प्रजातान्त्रिक आन्दोलन लागीे ठुलो योगदान पु¥याएको समेत स्मरण गर्नुभयो । –उचबपबकजmबल कष्लनज खयष्अभ
कार्यक्रममा रक्षामन्त्री वालकृष्ण खाँण, केन्द्रिय सदस्य रामकृष्ण यादव, कास्कीका सभापति कृष्ण के.सी., सांसद यज्ञबहादुर थापा, सभासद मोहन राई, प्रा.डा. कुसमाकर न्यौपाने लगायतले सर्वोच्च नेता सिंहले नेपाली राजनितिमा खेलेको भुमिका र योगदानको बारेमा चर्चा गर्नुभएको थियो ।
फाउन्डेशनका उपाध्यक्ष सिकन्दर कुमार गुरुङ्ग (भोजे) को अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष सुनयना पालिखेले स्वागत र सचिव मुक्तिराम अधिकारीले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा कार्यकर्ता तथा शुभेच्छुकहरुको बाक्लो उपस्थ्तिी रहेको थियो ।
