समचार

बुद्ध बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पोखरेल

सन्देश श्रेष्ठ
पोखरा, २७ कात्तिक
 
 
बुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शनिबार सम्पन्न अधिवेशनले नगेन्द्रप्रसाद पोखरेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा ध्रुवप्रसाद रेग्मी, सचिवमा बासुदेव पराजुली, सहसचिवमा दीपककुमार मुल्मी, कोषाध्यक्षमा ठाकुरप्रसाद पोखरेललाई चयन गरेको छ । त्यस्तै, सदस्यहरुमा प्रजनकुमार थापा, देवेन्द्र पराजुली, विष्णुहरी पन्थी, रामकुमार श्रेष्ठ, केशवबहादुर खत्री र लक्ष्मी कार्की भण्डारी चयन भएका छन् ।
 
अधिवेशनले लेखा समिति संयोजकमा सूर्यप्रसाद लम्शाललाई चयन गर्नुका साथै सदस्यहरुमा गीता तिवारी गौतम र प्रकाशकुमार आचार्यलाई सदस्यमा चयन गरेको छ ।
 
यसअघी जिल्ला सहकारी संघ कास्कीका कार्यवाहक अध्यक्ष रविरमण तिवारीले अधिवेशनको उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा उत्कृष्ट पुरुष बचतकर्ता प्रेमप्रसाद अधिकारी र उत्कृष्ट महिला बचतकर्ता कल्पना सिग्देल तथा उत्कृष्ट कर्जामा पुरुषतर्फ सञ्जितकुमार श्रेष्ठ र महिलातर्फ प्रतिष्ठा श्रेष्ठलाई सम्मान गरिएको थियो ।
 
यसैगरी, उत्कृष्ट कर्मचारीतर्फ शारदा तिवारी, सेयर सदस्यहरुका परिवारका सदस्य मध्ये जेष्ठ नागरिकतर्फ गोविन्दप्रसाद दहालका पिता ८२ वर्षिय पदमलाल दहाल, ध्रुव रेग्मीका माता ८६ वर्षिय डोरकला रेग्मी, सेयर सदस्यका छोराछोरी मध्ये गत वर्षको एसएलसीमा सर्वोत्कृष्ट अंक ल्याउने अमृतराज पौडेल र आस्था पोखरेल, उच्च मावितर्फ रसिका भण्डारी र सुशील पोखरेललाई पनि सम्मान गरिएको थियो ।
 
संस्थाका निवर्तमान अध्यक्ष बलराम गौतमको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला सहकारी संघ कास्कीका कार्यवाहक अध्यक्ष रविरमण तिवारी, लेखा परिक्षक रुद्रनाथ पौडेल, बुद्ध बिशालबजार व्यापारिक एशोसियसनका अध्यक्ष प्रदीप मुल्मी, पोखरा उद्योग वाणिज्य संघका सदस्य देवकृष्ण काफ्ले, गीता तिवारी गौतम, जिल्ला सहकारी संघका बरिष्ठ प्रबन्धक भोजराज घिमिरे, सेयर सदस्य प्रकाश पौडेल लगायतले बोलेका थिए ।
 

सामाजिक संजाल